समाजवादी फोरममा नेपाल सद्भावना पार्टी एकिकरण

ल र सरिता गिरी नेतृत्वको नेपाल सद्भावना पार्टीबीच आज एकीकरण भएको छ । रिपोर्टर्स क्लबमा आज पत्रकार सम्मेलन गरी दुई पार्टीबीच एकताको औपचारिक रुपमा घोषणा गरिएको हो । सो अवसरमा सङ्घीय समाजवादी फोरमका अध्यक्ष यादवले पार्टी एकतासँगै उत्पीडित र पछाडि परेका समुदायको अधिकार र समानताका लागि प्रतिबद्धताका साथ लाग्ने बताउनुभयो । अध्यक्ष उपेन्द्र यादवले नेपाली […]

नेपालको ४०औँ प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचित

काठमाडौँ, जेठ २३ गते । व्यवस्थापिका–संसद्ले आज नेपालको ४०औँ प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई निर्वाचित गरेको छ । संसद्को आजको दोस्रो बैठकमा भएको नयाँ प्रधानमन्त्री चयनको निर्वाचनमा सो पदका एक मात्र उम्मेदवार देउवाले ३८८ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँको विपक्षमा १७० मत परेको थियो । एक मात्र उम्मेदवार भए पनि प्रधानमन्त्री […]

राजपा र समाजवादी फोरमसँग तीनबुँदे सम्झौता

काठमाडौँ, जेठ २३ गते । राष्ट्रिय जनता पार्टी नेपालले प्रधानमन्त्री निर्वाचनमा उम्मेदवारी दिनुभएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ । संविधान संशोधनलगायत तीनबुँदे सहमतिसँगै राजपाले प्रधानमन्त्रीका लागि हुने निर्वाचनमा सभापति देउवालाई समर्थन गर्ने निर्णय गरेको हो । उक्त सहमतिपत्रमा काँग्रेसका सभापति देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र […]

फोरम नेपाल र मधेश समता पार्टीबीच एकीकरण, पन्ध्र सय कार्यकर्तालाई उपेन्द्र यादवले भित्र्याए

जनकपुर ९, जेष्ठ । संघीय समाजवादी फोरम नेपाल र मधेश समता पार्टीबीच एकीकरण भएको छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र मधेश समता पार्टीका अध्यक्ष बेचन मुखियाले पार्टी एकता भएको घोषणा गरेका छन् । धनुषाको बघचौडामा मंगलबार आयोजित एकीकरण तथा पार्टी प्रवेश कार्यक्रममा मधेश समता पार्टीको सिङ्गो नेतृत्व र क्रियाशील कार्यक्रम फोरम नेपालमा प्रवेश […]

चार नगर र ८ गाउँपालिका प्रमुखमा महिला निर्वाचित

८ जेठ, काठमाडौं । पहिलो चरणको स्थानीय चुनाव भएका २८३ मध्ये १२ जना मात्र महिला प्रमुखमा निर्वाचित भएका छन् । भरतपुर, पोखरा र काठमाडौं महानगरपालिकामा मतगणना भइरहँदा त्यहाँ महिला प्रतिस्पर्धीहरु मेयरमा छन् । भरतपुरमा माओवादी उम्मेदवार रेणु दाहाल एमालेका देवी ज्ञवालीसँग प्रतिस्पर्धामै छिन् भने काठमाडौंमा रन्जु दर्शनाले १० हजार मत कटाए पनि जितबाट टाढा पुगेकी […]

बस्न्यात र दङ्गालद्धारा पद तथा गोपनीयताको शपथ

काठमाडौँ, जेठ ८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा कार्यवाहक प्रधानन्यायाधीशको हैसियतमा प्रधानन्यायाधी गोपाल पराजुलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख दीप बस्न्यात र महालेखा परीक्षकमा टङ्कमणि शर्मा दङ्गाललाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरेको विशेष समारोहबीच कार्यवाहक प्रधानन्यायाधीश पराजुलीले बस्न्यात र दङ्गाललाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो […]

एराप्रपा(राष्ट्रवादी)मा पदाधिकारी मनोनयन

काठमाडौँ, जेठ ८ गते । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले आज आठ पदाधिकारीको मनोनयन गरेको छ । पार्टी अध्यक्ष डा प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा बसेको कार्यसम्पादन समितिको बैठकले उपाध्यक्षमा वरिष्ठ अधिवक्ता विष्णु भट्टराई, तारानाथ लुइँटेल, ऋषिबाबु परियार, वृजलाल यादव र मीनबहादुर कुँवरलाई मनोनयन गरेको छ । महामन्त्रीमा श्यामप्रसाद तिमल्सिना र भरतजङ्ग उप्रेती तथा सहप्रवक्तामा प्रकाशचन्द्र […]

आदिवासी जनजाति पचास प्रतिशत निर्वाचित

काठमाडौँ, जेठ ७ गते । सङ्घीय गणतन्त्र स्थापना भएपछि पहिलो पटक भएको स्थानीय निर्वाचनमा आदिवासी जनजाति समुदायको उपस्थिति नेतृत्व तहमा बलियो देखिएको छ । हालसम्मको निर्वाचन परिणाम अनुसार कुल निर्वाचित प्रतिनिधिको ५०.९५ प्रतिशत आदिवासी जनजातिबाट रहेका छन् । समावेशी अवधारणाअन्तर्गत भएको निर्वाचनमा महिला र दलित महिलाका लागि छुट्टै कोटा छुट्याइएको छ । कोटा नछुट्याइएको आदिवासी […]

समाजवादी फोरम र नयाँ शक्तिको संयुक्त उम्मेदवार भण्डारी र लिम्बु

जेठ ३ गते, पथरी (मोरङ) । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीले आसन्न स्थानीय तहको निर्वाचनमा एक भएर उम्मेदवारी दिने भएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा संयुक्तरुपमा ‘हातले समातेको मसाल’ चुनाब चिन्ह प्रयोग गरी उम्मेदवारी दिने भएको हो । दुर्ई पार्टीले पत्रकार सम्मेलन गर्दै मेयरमा नयाँ शक्तिको तर्फबाट देबराज भण्डारी र उपमेयरमा संघीयको […]

विपन्न परिवारका लागि एक हजार पक्की घर बन्दै

लहान, जेठ ४ गते । सिरहा जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाका दलित तथा अतिविपन्न परिवारका लागि एक हजार पक्की घर निर्माण गरिने भएको छ । सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रमअन्तर्गत आव २०७३-७४ मा दलित तथा अतिविपन्न परिवारका लागि आवास भवन (पक्की घर) निर्माण गरिने भएको हो । जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद, राजनीतिक दलका प्रतिनिधिलगायतको […]

300x250 ad code [Inner pages]

Recent Entries

Search Archive

Search by Date
Search by Category
Search with Google
120x600 ad code [Inner pages]
Log in