सहमतीय वार्तामा वेलायतले अदालती नजिर उठाउन मिल्दैन -सन्तोष थलङ

२२ मार्च २०१७ । ब्रिटिश गोरखाहरुको बहुप्रतिक्षित त्रिपक्षीय वार्ता यहि २९ मार्च २०१७ बाट आरम्भ हुने खबर सर्वत्र चासोको बिषय बनेकोछ, गोरखा समुदायमा ।
हुन पनि, गोरखा आन्दोलनको करिब साँढे दुईदसक लामो संघर्सपूर्ण आरोह-अबरोह संगै “गोरखा सत्याग्रह संयुक्त संघर्स समिति” को आमरण अनसन (Fast unto death) जस्तो आत्माघाती र बलिदानीपूर्ण एवं निर्णायक आन्दोलनले मात्र बेलायत सरकार र नेपाल सरकारलाई वार्ताको टेवलमा ल्याउन सम्भव भएकोहो ।
वार्ता बाट कस्तो नतिजा आउछ ? भन्ने नै सम्पूर्ण गोरखा समुदायको चासो र कौतुहलताको बिषयहो अहिले ।
तर आम गोरखाहरुले अपेक्षा गरेनुसार पहिलो चरणको वार्ताबाट निष्कर्षमा पुग्ने सम्भावना देखिदैन । कारण गोरखाहरुका प्रस्तावहरुको तत्काल जवाफ दिने बेलायति प्रतिनिधिले सामर्थ्य राख्दछ, भन्ने लाग्दैन। सम्भवत, केहि दिन पछि पून, त्रिपक्षिय वा द्विपक्षीय वार्ता सम्पन्न भएपछी मात्र वार्ताका निर्णयहरु आउने अपेक्षा गर्न सकिन्छ ।

बेलायत सरकारले यो भन्दा अघि, गोरखाहरुलाई त्रिपक्षीय सन्धि अनुसार सेवा सुबिधा दिएको जिकिर गर्दैआएकोछ । जसको गोरखा सत्याग्रहले बुँदागत रुपमै प्रतिवाद गर्दैआएकोछ,र प्रतिवाद गर्नेछ । यो वार्तामा बेलायति रक्षा मन्त्रालय, गेसोले बेलायति उच्च अदालतमा र बिजिडब्लुएस ले युरोपियन कोर्टमा मुद्धा हारेको नजिर प्रस्तुत गरेर नेपाल सरकारलाई अल्मलाउने रणनीतिमा रहेको जानकारी प्राप्त भईरहेकाछन।

त्यसर्थ नेपाल सरकार र सत्याग्रह लगायत गोरखा संस्थाहरु प्रष्ट हुनपर्ने र बेलायतले बुझ्न पर्ने तथ्यहरु यसप्रकार छन :
१. य़ो वार्ता सत्याग्रह आन्दोलनका कारण समझदारीमा गोरखाहरुलाई भएका बिभेदहरु अन्त्यगर्ने सर्तमा हुदैछ ।
• सत्याग्रह कानूनी फैशलाहरु नस्विकार्ने घोषणाका साथ सन २०१३ बाट आमरण अनसन (Fast unto death) जस्तो निर्णायक आन्दोलनमा उत्रेको
हो ।
• यो कुनै एउटा संस्था नभएर सम्पूर्ण गोरखा संस्थाहरुको प्रतिनिधित्व गर्दै गठन भएको “संघर्स समिति” हो ।
• मुद्धाका फैशला, आन्दोलन, लाइ छाडेर वार्ता द्वारा समस्या समाधानगर्ने सहमति भएकाले, वार्तामा बेलायत सरकारले अदालतका नजिरहरुलाइ प्रमाणका रुपमा प्रस्तुतगर्न मिल्दैन।

२. गोरखाहरुले बेलायतको राष्ट्रिय सेनाका हैसियतले साँढे दुईदशक सम्म वेलायत सरकारलाई समान सुबिधा लगायतका हक अधिकारका लागि विभिन्न माध्यम बाट अनुनय बिनय गर्दा पनि, समान पेन्सन लगायतका मुख्य मागहरु सम्बोधन नभए पछि, नेपाल सरकारलाई सन १९४७ मा गरिएको त्रिपक्षीय सन्धिका आधारमा कुटनैतिक पहल बाट समस्या समाधान गर्न गराउन अनुरोध गरेकोहो।
• अर्को कुरो, गोरखा सत्याग्रहले गोरखाहरुलाई बेलायत बाट भएको विभेद अन्त्य गर्न बेलायत सरकार र नेपाल सरकारले वार्तागर्नु पर्दछ भन्दै आएकोछ ।
• यसर्थ यो वार्ता बेलायत सरकार संग आफ्ना नागरिक का हक-हितका लागि नेपाल सरकारले गर्दैछ । र नेपाल सरकारले गोरखाका बिषयमा बेलायत सरकार बिरुद्ध कुनै अदालतमा मुद्धा लगाएको नजिर छैन ।
• कुनै पनि ब्रिटिश गोरखाहरुले आफ्नो हक अधिकारका लागि बेलायत सरकार बिरुद्ध ब्याक्तिगत वा संस्थागत लगाएको मुद्धाका बिषयमा नेपाल सरकारको न कुनै सहमति छ, न कुनै बिमतिछ, न नेपाल सरकारलाई बोधार्थ नै छ ! त्यसैले यो वार्तामा बिगतमा भएका कानूनी फैशलाका नजिरहरु समावेश गरिनु हुदैन ।

बेलायति रक्षामन्त्रालय (MoD) ले वार्तालाई प्रभावित बनाउन, “गोरखाका मुद्धा सत्याग्रहमा आवद्ध केहि गोरखाहरुको माग मात्र हो, आम भूपू तथा सेवारत गोरखाहरू, हाल खाई-पाई आएको पेन्शन र तलवमा सन्तुष्ठ रहेको” भन्ने प्रोपोगाण्डालाई रणनीतिकरुपमा अघिबढाएको जानकारी प्राप्त भईरहेकाछन ।
त्यसर्थ सम्पूर्ण गोरखाहरू, यो अन्तिम आन्दोलनमा स्वतस्फुर्तरुपमा सहभागी भएर गोरखाहरुको एकता र एउटै आवाज प्रदर्शन गर्नु सम्पूर्ण गोरखाहरूको अहिलेको आवस्यकता एवं कर्तव्य पनि हो ।
आफ्नो र आफ्ना सन्ततिहरुको हक, अधिकार र सुविधाका प्राप्तिकोआन्दोलनमा आफु सहभागी नहुने वा कुनै योगदान नै नगरी उपलव्धि मात्र उपभोगगर्ने बदनियत राख्नु मानविय स्वभाव मान्न सकिदैन। त्यसैले भविस्यमा सगौरव आफ्नो हक अधिकार र सुबिधा उपभोग गर्ने वाताबरण निर्माण गर्न यो आन्दोलनको अन्तिम एवं एेतिहासिक मोडमा सबै सहभागी हुन जरुरिछ ।

आफ्नो कुनै योगदान बेगर सहयात्री, सहकर्मीहरुको त्याग, बलिदान, योगदान बाट प्राप्त उपलव्धि मात्र उपभोग गर्दा आफ्नै अन्तरात्मा खुशी हुनसक्ला ? के यस्ता क्रियाकलावले आफ्ना सन्ततिहरु आफ्नो अग्रज प्रति गौरव गर्न सक्लान ? यो आन्दोलन को घाटा-नाफा गोरखाहरु सबैका लागि बराबर हो । त्यसैले कुनै गोरखा यस घडिमा पर्यवेक्षक झैँ रमिते बन्नु अनैतिकताको पराकाष्ठ हो ।

जय गोरखा !!!

प्रकाशक: नेपाली संघीय समाज प्रवास समितिहरु

कार्यकारी सम्पादक: देवेन्द्र खापुङ, संयोजकः अजम्बर काङमाङ राई, महेश चौरासिया र विश्वास दीप तिगेला,
समाचार पठाउने ठेगानाः nayaSamachar@outlook.com

Comments are closed

300x250 ad code [Inner pages]

Recent Entries

Search Archive

Search by Date
Search by Category
Search with Google
120x600 ad code [Inner pages]
Log in