सायाबुङको छायाङ्कन सुरु

सन्देश सुब्बा
पाँचथर/ किरात राई सँस्कृतिमा आधारित चलचित्र सायाबुङको छायाङ्कन सुरु भएको छ । भगिराज राई निर्देशित सायाबुङको शुक्रबार फिदिमदेखि छायाङ्कन सुरु भएको हो ।
पूर्वी पहाड पाँचथरको माथिल्लो भेगमा बसोबास गर्ने किरात राई जातीको जनजीवनलाई चलचित्रमा उतारिने निर्देशक राईको भनाई छ । चलचित्रको छायाङ्कन फिदिम सँगै पाँचथरको पर्यटकीयस्थल फालेलुङ, सन्दकपुर, सिदिन, फालोट, लब्रेकुटि, सिलौटी लगायतका स्थानमा गरिने निर्माण पक्षले जनाएको छ । त्यस्तै चलचित्रको केही भाग भने झापा र काठमाण्डौंमा पनि छायाङ्कन गरिने बताइएको छ ।
मुलतः प्रेम कथामा आधारित उक्त चलचित्रमा भाषा र संस्कृति संरक्षणको सवाल पनि उठाइएको छ । इष्ट काष्ट क्रिएशन प्रा.लि.का लागि साया सम्झना राईको कथा र निर्माण रहेको सायाबुङको साहित्यकार सगुन सुसारा राईले भाषा सम्पादन गरेका छन् । भगिराज राई, भक्त सुनुवार र उदय नेम्बाङको संगीत, मदन दुमी र अन्जु राईको श्रृङ्गार, उमेश राईको भेषभूषा रहेको चलचित्रलाई देवजंग थापाले छायाङ्कन गरिरहेका छन् ।


आगामी वैशाख पहिलो साता सम्ममा छायाङ्कनको सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य राखिएको चलचित्रको लागत १५ लाख रहेको छ । सायाबुङमा मदन दुमी, निशा राई, साया सम्झना राई र सौजन सुब्बालाई मूख्य भूमिकामा देख्न सकिनेछ ।

प्रकाशक: नेपाली संघीय समाज प्रवास समितिहरु

कार्यकारी सम्पादक: देवेन्द्र खापुङ, संयोजकः अजम्बर काङमाङ राई, महेश चौरासिया र विश्वास दीप तिगेला,
समाचार पठाउने ठेगानाः nayaSamachar@outlook.com

Comments are closed

300x250 ad code [Inner pages]

Recent Entries

Search Archive

Search by Date
Search by Category
Search with Google
120x600 ad code [Inner pages]
Log in