अन्तर्राष्ट्रिय सिर्जनात्मक अनुष्ठान नोभेम्बर २५ र २६ मा अमेरिकामा हुदै

दमक/शन्ति, प्रगति र समृद्धि भन्ने मूल नाराका साथ तेस्रो मुलुक पुनर्वास भएका भुटानी स्रष्टाहरूले अमेरिकाको टेक्सास राज्यस्थित इर्भानमा बृहत् अन्तर्राष्ट्रिय सिर्जनात्मक अनुष्ठान तेश्रो संस्करण आयोजना गर्ने भएका छन् ।
gblo
विश्व भुटानी साहित्यिक संगठन (जिबिएलओ) को मुख्य आयोजनामा नोभेम्बर २५ र २६ तारिकमा हुन लागेको सिर्जनात्मक अनुष्ठानका लागि आवश्यक तयारी सुरु भएको जिबिएलओ नेपाल स्थित प्रचार संयोजक कमन देवानले जानकारी दिए । आज झापाको दमकमा पत्रकार सम्मेलन गर्दै देवानले अमेरिकाका विभिन्न २२ राज्यका प्रतिनिधि अनुष्ठानमा सहभागी हुने बताए । त्यस्तै भारत, हङकङ, अष्ट्रेलिया, क्यानडा, न्युजील्याण्डलगायत मुलुकबाट पनि प्रतिनिधिहरू सहभागी गराउने तयारी भईरहेको उनले बताए ।

अनुष्ठानको मुख्य लक्ष्य नयाँ पिढीलाई कला, साहित्य, संगीत र विज्ञानका क्षेत्रमा आकर्षित गर्नु रहेको पत्रकार सम्मेलनमा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । संसारभर रहेका भुटानी प्रतिभाहरूलाई साझा मञ्च प्रदान गर्ने उद्देश्यसहित जिबिएलओको गठन गरिएकाले लक्ष्यअनुसार नै विभिन्न कार्यक्रम गर्दै अघि बढेको आयोजक संस्थाका अध्यक्ष एवम् कार्यत्रलमका संयोजक डेन्जोम साम्पाङले अमेरिकाबाट जानकारी दिएका छन् ।

सिर्जनात्मक अनुष्ठान सम्पन्न गर्ने अर्गनाइजेशन अफ भुटनिज सोसाइटी र भुटनिज लिगेसी क्लबले सह–आयोजकको भूमिका निर्वाह गर्ने र सहयोगी संस्थाहरूमा स्रष्टा मञ्च डल्लास, भुटनिज कम्युनिटी इन अबिलेन, भुटनिज अमेरिकन एसोसिएसन अफ होस्टोन, इश्टर्न क्रिएसन, स्टार इन्टरटेन्मेन्ट र भुटनिज अमेरिकन स्पोर्टस काउन्सिल रहने जिबिएलओका प्रवक्ता कर्ण गुरुङले अमेरिकाबाट जानकारी दिएका छन् ।

कार्यक्रममा नेपाली साहित्यमा फरक सिद्धान्त (भयवाद)का प्रवर्तक साहित्यकार देश सुब्बा (हङकङ), भारतको दार्जिलिङबाट विद्या सुब्बा, सिक्किमबाट डाक्टर कविता लामा, क्यानाडाबाट डाक्टर माइकल फिसर सहभागी हुने पक्का भएको जिबिएलओले जनाएको छ । साहित्य, संगीत र कलाको त्रीवेणी संगम हुने कार्यक्रममा गायक खर्क गजमेरको गीति एल्बम ‘काली’को विमोचन हुने बताईएको छ । दुई दिने कार्यक्रममा विभिन्न साहित्यिक, साँस्कृतिक प्रस्तुतिहरू हुने स्बाईव मार्फत जिबिएलओका अध्यक्ष डेन्जम सम्पाङ्ग राईले बताए ।

जिबिएसओ सन् २००९ मा नेपालको झापास्थित भुटानी शरणार्थी शिविरमा गैर नाफामूलक साहित्यिक संस्थाका रूपमा स्थापना गरिएको हो । यसले अनुष्ठानको पहिलो संस्करण झापाको खुदुनाबारीमा २०६८ सालमा आयोजना भएको थियो भने दोस्रो संस्करण अमेरिकाको नेब्रास्कामा २०१४ मा सम्पन्न भएको हो । आगामी नोभेम्बर महिनाको २५ र २६ तारिख अमेरिकाकै टेक्सास राज्यको इर्भानमा आयोजना हुने अनुष्ठान तेस्रो संस्करण हो ।

प्रकाशक: नेपाली संघीय समाज प्रवास समितिहरु

कार्यकारी सम्पादक: देवेन्द्र खापुङ, संयोजकः अजम्बर काङमाङ राई, महेश चौरासिया र विश्वास दीप तिगेला,
समाचार पठाउने ठेगानाः nayaSamachar@outlook.com

Leave a Reply

300x250 ad code [Inner pages]

Recent Entries

Search Archive

Search by Date
Search by Category
Search with Google
120x600 ad code [Inner pages]
Log in