ससफो नेपालले थरुहट प्रदेशका नेताहरुलाई प्रशिक्षण दियो


रुपन्देही २६, वैशाख । संघीय समाजवादी फोरम नेपालले स्थानीय तहको चुनावमा सहभागी भएपछि उत्पन्न भ्रम चीर्न र भावी रणनीति तय गर्न तराई थरुहट समितिअन्तर्गत आठ जिल्लाका शीर्ष नेताहरूलाई वर्तमान राजनीतिक विषयमा प्रशिक्षण दिएको छ ।

तराई थरुहट समितिको आयोजना भएको प्रशिक्षण कार्यक्रममा चितवनदेखि कञ्चनपुरसम्मका पार्टीका केन्द्रीय सदस्य, केन्द्रीय परिषद्, प्रदेश समिति सदस्य र जिल्ला अध्यक्षहरूको उपस्थिती रहेको थियो ।

रुपन्देहीको लुम्बिनीमा मंगलबार आयोजित एक दिवसीय प्रशिक्षण गोष्ठीमा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, उपाध्यक्ष लालबाबु राउत र उपमहासचिव अभिषेकप्रताप शाह लागतयको उपस्थिति रहेको थियो । यसअघि हिजो सोमबार वीरगञ्ज र आइतबार सिरहाको लहानमा फोरम नेपालले प्रदेश स्तरीय प्रशिक्षत भेला सम्पन्न गरिसकेको छ ।

कार्यक्रममा राष्ट्रिय जनता पार्टी रुपन्देहीका जिल्ला सदस्य एवं कमहरिया गाउँ पालिका पूर्व उपाध्यक्ष हरिकुमार चौधरी, रुपन्देही जिल्लाको क्षेत्र नं.७ का क्षेत्रिय सदस्य अशोक लोध संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।

परिमार्जनसहित संविधान संशोधन गर्ने सर्तमा पहाड केन्द्रित तीनवटा प्रदेशमा उम्मेदवारी दिएर पहिलो चरणको चुनावमा होमिएको ससफो नेपालले मधेशको मुटु मानिने लहानमा आयोजना गरेको शीर्ष बैठकलाई अत्यन्तै महत्व र चासोका साथ हेरिएको थियो ।

ससफो नेपालले स्थानीय तहको निर्वाचनअन्तर्गत पहिलो चरणको चुनावका लागि पहाडमा उम्मेदवारी दिएपछि त्यसको आवश्यकता, औचित्य र तयारीका लागि तराई–मधेशमा चरणबद्ध केन्द्रीय प्रशिक्षणको आयोजना गरेको बताइएको छ ।

पछिल्लो समयको विकसित राजनीतिक परिस्थितिको सामना गर्न पार्टीलाई झन् सुद्दढ, संगठित, चुस्त दुरुस्त र नेतृत्व पंक्तिलाई अझ प्रभावकारी ढंगले परिचालन गर्न शीर्ष नेताहरूको उपस्थितिमा प्रदेश स्तरिय प्रशिक्षण दिइएको थरुहट प्रदेशका इञ्चार्ज होरीलाल चौधरीले बताए ।

प्रकाशक: नेपाली संघीय समाज प्रवास समितिहरु

कार्यकारी सम्पादक: देवेन्द्र खापुङ, संयोजकः अजम्बर काङमाङ राई, महेश चौरासिया र विश्वास दीप तिगेला,
समाचार पठाउने ठेगानाः nayaSamachar@outlook.com

Comments are closed

300x250 ad code [Inner pages]

Recent Entries

Search Archive

Search by Date
Search by Category
Search with Google
120x600 ad code [Inner pages]
Log in