बुद्ध जयन्ती/किरात राष्ट्रिय चाड उभौली

काठमाडौं, वैशाख २७, २०७४- वैशाख शुक्ल पूर्णिमाका दिन बुधबार देशभर २५६१ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ ।

गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।

नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६१ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए ।

बैशाक पूर्णिमा कै दिन किरातहरुले साकेला उभौली मनाउने, याक्वा पुजा गर्ने प्रचलन रहेको छ । खोलामा पानी बढ्न गई माछाहरु नदिबाट खोला तर्फ उभो (उकालो/माथिमाथि) लाग्न शुरु हुने भएकोले उभौली भनिएको हो । यसैदिनबाट बर्षा लागेको मानिन्छ । यस बर्ष किरातहरुले यलम्वर सम्वत ३७९५ मनाईरहेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको राष्ट्रगौरव र अमरज्योति गौतम बुद्धको जन्मजयन्तीका अवसरमा सम्पूर्ण बौद्ध धर्मावलम्बीलगायत समस्त नेपाली तथा शाक्यमुनि बुद्धको भ्रातृत्व, शान्ति, अहिंसा र करुणाप्रति विश्वास राख्ने स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावमा शुभकामना व्यक्त गर्नुभएको छ ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले शान्ति अहिंसाका प्रतिमूर्ति एवं अग्रदूत भगवान् गौतम बुद्धले देखाउनुभएको सत्मार्गमा सबैका लागि अनुकरणीय र वर्तमान विश्वमा गौतम बुद्धबाट व्यक्त शान्ति र अहिंसाका सत्य वचनको महŒव र सान्दर्भिकता झनै बढेर गएको बताउनुभएको छ ।

त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना सन्देश दिनुहुँदै “नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक हो, विविधता हाम्रो आकर्षण र विविधताभित्रको एकता नै हाम्रो विशेष पहिचान हो” भन्नुभएको छ ।

त्यसैगरी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बुद्ध जयन्तीका अवसरमा बौद्ध धर्मावलम्बीलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रकाशक: नेपाली संघीय समाज प्रवास समितिहरु

कार्यकारी सम्पादक: देवेन्द्र खापुङ, संयोजकः अजम्बर काङमाङ राई, महेश चौरासिया र विश्वास दीप तिगेला,
समाचार पठाउने ठेगानाः nayaSamachar@outlook.com

Comments are closed

300x250 ad code [Inner pages]

Recent Entries

Search Archive

Search by Date
Search by Category
Search with Google
120x600 ad code [Inner pages]
Log in