एनआरएन युकेको निर्वाचन समिति घोषणा, सदस्यता एवं प्रोजेक्ट योगदान शुल्क २५ पाउण्ड

गत १४ मे २०१७ का गैर आवासिय नेपाली सङ्घ (एनआरएन) युके राष्ट्रिय समन्वय समितिको बैठकले आगामी नेतृत्व चयनको निम्ति निर्वाचन समितिको संयोजकमा डा. चन्द्र लक्सम्बालाई चयन गरयो साथै सदस्यता एवं प्रोजेक्ट योगदान शुल्कमा बृद्धि गरेको छ ।

NRNA Global conference in Kathmandu


निर्वाचन समितिको सदस्य सचिवमा रामशरण सिम्खडा र सदस्यहरु क्रमशः प्रोफेसर सुमाया राई, पूर्ण लक्सम, दुत बहादुर पुन, कृष्ण भट्ट र बिजन भट्ट रहेको ७ सदस्यीय घोषणा गरेको छ । आगामी निर्वाचन ९ सेम्टेम्बरमा हुनेछ । उक्त निर्वाचनमा सहभागी बन्न यहि जुलाई ३१ तारिख भित्र सदस्य बनि सक्नुपर्नेछ ।

त्यस्तैगरि एनआरएन युकेको सदस्यता शुल्क, सदस्यता कार्ड प्रिन्ट र एनआरएनको नेपाल प्रोजेक्ट योगदान समेत गरि २५ पाउण्ड कायम गरेको छ । नविकरण गर्नेले पनि नयाँ कायम शुल्क नै बुझाउनु पर्नेछ । एनआरएन केन्द्रले नेपालको लाप्राकमा ५७३ वटा घर भूकम्प पीडितहरुको निम्ति धमाधम बनाई रहेको छ । र, काठमाडौंमा एनआरएन केन्द्रीय कार्यालय १७ करोडमा धमाधम बनिरहेको छ । उक्त निर्माणाधिन प्रोजेक्टहरुमा एनआरएन साधारण सदस्यहरुले पनि आर्थिकरुपमा योगदान गर्न पाउने भएका छन् । एनआरएन केन्द्रीय सचिवालय काठमाडौंले नै उक्त निर्देशन जारी गरेकोले एनआरएन युके सदस्यता शुल्क बढाउन बाँध्य भएको हो ।

सदस्यता एवं प्रोजेक्ट योगदान शुल्क बढे संगै सदस्यता विस्तारमा कठिनाई आउन सक्ने चिन्ता गरिए पनि नेपालका अधिकाश सरकारी कार्यालयहरुमा एनआरएन कार्ड माग्न शुरुगरे संगै ठूलो संख्यामा सर्वसाधारणहरु आफै सदस्य बनिरहेका छन् । अघिल्लो चुनावमा सदस्यता शुल्क वापत १० पाउण्ड लिइएको थियो र त्यसमध्ये युएस ५ डलर केन्द्रीय कार्यालय काठमाडौमा पठाउने गरिएको थियो । सदस्यता कार्ड प्रिन्ट मेसिन खरिद पछि कार्डको खर्च शुल्क ५ पाउण्ड थपी १५ पाउण्ड बनाईएको थियो ।

प्रकाशक: नेपाली संघीय समाज प्रवास समितिहरु

कार्यकारी सम्पादक: देवेन्द्र खापुङ, संयोजकः अजम्बर काङमाङ राई, महेश चौरासिया र विश्वास दीप तिगेला,
समाचार पठाउने ठेगानाः nayaSamachar@outlook.com

Comments are closed

300x250 ad code [Inner pages]

Recent Entries

Search Archive

Search by Date
Search by Category
Search with Google
120x600 ad code [Inner pages]
Log in