एराप्रपा(राष्ट्रवादी)मा पदाधिकारी मनोनयन

काठमाडौँ, जेठ ८ गते । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले आज आठ पदाधिकारीको मनोनयन गरेको छ ।

पार्टी अध्यक्ष डा प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा बसेको कार्यसम्पादन समितिको बैठकले उपाध्यक्षमा वरिष्ठ अधिवक्ता विष्णु भट्टराई, तारानाथ लुइँटेल, ऋषिबाबु परियार, वृजलाल यादव र मीनबहादुर कुँवरलाई मनोनयन गरेको छ ।
महामन्त्रीमा श्यामप्रसाद तिमल्सिना र भरतजङ्ग उप्रेती तथा सहप्रवक्तामा प्रकाशचन्द्र सुवेदीलाई जिम्मेवारी दिइसकिएको छ । यसअघि वरिष्ठ नेतामा केशरबहादुर विष्ट तथा वरिष्ठ उपाध्यक्षमा गणेश शेरचनलाई मनोनयन गरिएको थियो । बैठकले पहिलो चरणमा

सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा गर्दै दोस्रो चरणको चुनाव हुने क्षेत्रमा सशक्त राजनीतिक गतिविधि सञ्चालन गर्ने निर्णय गरेको सहप्रवक्ता सुवेदीले जानकारी दिनुभयो । रासस

प्रकाशक: नेपाली संघीय समाज प्रवास समितिहरु

कार्यकारी सम्पादक: देवेन्द्र खापुङ, संयोजकः अजम्बर काङमाङ राई, महेश चौरासिया र विश्वास दीप तिगेला,
समाचार पठाउने ठेगानाः nayaSamachar@outlook.com

Comments are closed

300x250 ad code [Inner pages]

Recent Entries

Search Archive

Search by Date
Search by Category
Search with Google
120x600 ad code [Inner pages]
Log in