धनकुटा समाज युकेको बार्षिक भेला तथा भेटघाट २७ मे मा लण्डनमा हुदै

आउदो २७ मे २०१७ का दिन युकेमा रहेका धनकुटावासीहरुको बार्षिक भेटघाट लण्डनमा हुदैछ ।

गाँउवासी र छरछिमेकहरु संग भेटघाट तथा चिनजान नविकरण गर्ने उद्देश्यले युकेमा रहेका नेपालीहरुले बार्षिक भेटघाट गर्ने प्रचलन रहेको छ । यस पटक धनकुटा समाज युकेको भेला फेल्थाम कम्युनिटी कलेज लण्डनमा हुनेकुरा महासचिव मानप्रसाद लिम्बुले बताउनु भएको छ ।

युकेमा रहनु भएका सम्पूर्ण धनकुटेलीहरुलाई बर्षमा एकदिन भेला भईदिन समाजका अध्यक्ष अमर रानाले सबैलाई अनुरोध गर्नुभएको छ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको उपाध्यक्ष पूर्णकुमार फालेछ्वाले बताउनु भएको छ । धनकुटाकै चर्चित प्रतिभा प्रथम नेपाल स्टार विष्णु चेम्जोङ पनि उक्त कार्यक्रममा सहभागी हुने अपेक्षा गरिएको छ ।

प्रकाशक: नेपाली संघीय समाज प्रवास समितिहरु

कार्यकारी सम्पादक: देवेन्द्र खापुङ, संयोजकः अजम्बर काङमाङ राई, महेश चौरासिया र विश्वास दीप तिगेला,
समाचार पठाउने ठेगानाः nayaSamachar@outlook.com

Comments are closed

300x250 ad code [Inner pages]

Recent Entries

Search Archive

Search by Date
Search by Category
Search with Google
120x600 ad code [Inner pages]
Log in