बप्‍पी लहरीले भने: म सधै नेपाल र नेपालीको सच्चा साथी हु


२३ मे २०१७ । अमेरिकाको विभिन्न सहरमा आफ्नो सांगीतिक यात्रामा आएका भारतका चर्चित र वरिष्ठ गायक बप्पी लहिरि(डिस्को किङ्ग) एटलान्टामा भने आश्चर्य चकित हुनुको साथै हर्षित भए ।

कार्यक्रमको मध्यान्तरमा आयोजक समितिले प्रायोजक र सहयोगीहरुलाई मंचमा बोलाएर सम्मान गरेका थिए | यसै अवसरमा नेपाल र नेपालीहरुको तर्फ बाट पर्यटन-दुत राजा घले द्वारा मायाको चिन्नो स्वरुप एक प्लाक (धातुको पाता) गायक बप्पी लहिरिलाई प्रदान गर्दा अचम्मित हुनुको साथै निकै हर्षित भए ।

उनले भने ” म नेपाल गएको छु र म सधै नेपाल र नेपालीको सच्चा साथी हु | म नेपालको लागि अवैतनिक राजदूत पनि हु पनि भने l नेपाल र नेपालीले सम्झेको खण्डमा कुनै पनि बेला म आउनेछु भनेर प्रतिबद्दता जनाए ।

गत शनिबार मे २० तारिखका दिन बप्पी लहिरिको कन्सर्ट गुजरात समाज अफ एटलान्टाको भवनमा एटलान्टा इभेन्ट एण्ड प्लान्नरका संस्थापक रामजान बिरानी द्वारा आयोजित कार्यक्रम शभ्य र भब्य रुपमा सम्पन्न भयो |
साझको ९ बजे बाट सुरुवात भएको कार्यक्रममा रातको १२ बजे समापन भएको थियो |

प्रकाशक: नेपाली संघीय समाज प्रवास समितिहरु

कार्यकारी सम्पादक: देवेन्द्र खापुङ, संयोजकः अजम्बर काङमाङ राई, महेश चौरासिया र विश्वास दीप तिगेला,
समाचार पठाउने ठेगानाः nayaSamachar@outlook.com

Comments are closed

300x250 ad code [Inner pages]

Recent Entries

Search Archive

Search by Date
Search by Category
Search with Google
120x600 ad code [Inner pages]
Log in