घुम्ती कविगोष्ठीको कार्यक्रम

२०७४ जेष्ठ १३ गते शनिबार, घुम्ती कविगोष्ठी नेपालको ५६औँ शृङ्खला घुम्तीकै उपाध्यक्ष परशुराम पराशरको आयोजना तथा सभापतित्वमा सम्पन्न भएको छ ।

अभिनव साहित्य समाजका अध्यक्ष वरिष्ठ साहित्यकार वेदमणि घिमिरे गोविन्दको प्रमुख आतिथ्य तथा गीतकार प्रेम राई र अमेरिकी नागरिक प्राध्यापक डा. सुजन ओस्टरम्यानको आतिथ्य रहेको यस कवि गोष्ठीमा मेनका पोखरेल आचार्य मञ्जुश्री केसी प्रधान, रामकुमार पण्डित क्षेत्री, घनश्याम प्रसाईं, डिल्लीप्रसाद मूलतिहुन, ओमप्रसाद कोइराला, सुशीला खड्का हसिना, शारदा पराजुली, प्रेम राई, परशुराम पराशरले आ–आफ्ना कविता, गीत तथा गजल सुनाउनुभएको थियो । यस कार्यक्रमका प्रमुख अतिथि वेदमणि घिमिरेले कविताको थप समीक्षा गर्दै यसको सकारात्मक कार्ययात्राको प्रशंसा गर्नुभएको थियो । यसै गरी अतिथि प्रा.डा. सुजन ओस्टरम्यानले नेपाली भाषामै यहाँको कविता रमाइला र छोटा हुने र कसैले कसैको विरोध नगरी शान्त स्वभावले सुमधुर स्वरमा कविता वाचन हुने कुरा बताउनुभयो तर उता अमेरिकामा भने वाचित कवितामा यो भएन त्यो भएन भन्ने कुरालाई लिएर भनाभन हुँदा कविताभन्दा होहल्ला बढी हुने कुरा सुनाउनुभयो । कार्यक्रमको अन्त्यमा सभापतिले आगन्तुक अतिथिलगायत सबैलाई धन्यवाद दिँदै घुम्ती कविगोष्ठी नेपाललाई निरन्तर सहयोग गर्नुहुने प्रेम राई र मञ्जुश्री प्रधान केसीलाई थप धन्यवाद दिनुभई कार्यक्रमको समापन गर्नुभएको थियो ।

बौद्धस्थित रामहिटीको साहित्य सदनमा बिहान सात बजे सुरु भएको यो कार्यक्रममा घुम्तीका सचिव रामकुमार पण्डित क्षेत्रीले वाचित रचनाको समीक्षा गर्नुभएको थियो भने कोषाध्यक्ष डिल्लीप्रसाद मूलतिहुनले सञ्चालन गर्नुभएको थियो ।

प्रकाशक: नेपाली संघीय समाज प्रवास समितिहरु

कार्यकारी सम्पादक: देवेन्द्र खापुङ, संयोजकः अजम्बर काङमाङ राई, महेश चौरासिया र विश्वास दीप तिगेला,
समाचार पठाउने ठेगानाः nayaSamachar@outlook.com

Comments are closed

300x250 ad code [Inner pages]

Recent Entries

Search Archive

Search by Date
Search by Category
Search with Google
120x600 ad code [Inner pages]
Log in