धनकुटा छथर जोरपाटी २ मा ज्वाईँले जेठानलाई १ मतले हराए, श्रीमतीको भोट बन्यो निर्णायक

धनकुटा, असार १६ । माओवादी केन्द्रवाट छथर जोरपाटी गाउँपालिका वडा नं. २ को वडाध्यक्षका उम्मेदवार बनेका कृष्णकुमार मगर निकटम प्रतिद्वन्द्वी भन्दा एक मत बढी ल्याएर विजयी हुनुभएको छ ।

उहाँ निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार इन्द्रबहादुर सारुमगरलाई १ मतले पछि पार्दै वडाध्यक्षमा विजयी हुनुभएको हो ।

विजयी कृष्णकुमार मगरले ४९९ मत र पराजित भएका इन्द्रबहादुर सारु मगरले ४९८ मत पाएका छन् । उनीहरु साइनोमा ज्वाईँ जेठान हुन् ।

एउटै पदका लागि आफ्ना श्रीमान र दाई उठेपछि कृष्णकुमार मगरकी श्रीमती तथा इन्द्रबहादुर सारुमगरकी बहिनीलाई कसलाई भोट हाल्ने भनेर निकै दिन दोधारमा पर्नुभएको थियो । तर अन्तिममा उहाँले श्रीमानलाई भोट हालेपछि कृष्णकुमार मगरको जित सुनिश्चित भएको हो ।

– उज्यालो ।

प्रकाशक: नेपाली संघीय समाज प्रवास समितिहरु

कार्यकारी सम्पादक: देवेन्द्र खापुङ, संयोजकः अजम्बर काङमाङ राई, महेश चौरासिया र विश्वास दीप तिगेला,
समाचार पठाउने ठेगानाः nayaSamachar@outlook.com

Comments are closed

300x250 ad code [Inner pages]

Recent Entries

Search Archive

Search by Date
Search by Category
Search with Google
120x600 ad code [Inner pages]
Log in