समाजवादी फोरम र नयाँ शक्तिबीच एकीकरण हुने


काठमाडौँ, साउन ३ गते । उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच चुनावअघि एकीकरण हुने भएको छ ।

दुई चरणमा भएको स्थानीय तहको निर्वाचनमा एउटै चिह्नमा चुनाव लडेका यी दुवै पार्टी आगामी असोज २ गते हुने स्थानीय तहको चुनावअघि नै एकीकरण हुने सो दलमा आबद्ध नेताहरूले बताउनुभएको छ ।

यस विषयमा शीर्ष तहमा छलफल भइरहेको छ । स्थानीय तहको चुनावमा अपेक्षाकृत परिणाम ल्याउन नसकेका दुवै पार्टीले एकीकरण गरेर नै जानुपर्ने निष्कर्ष निकालेको नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य रामकुमार शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यी दुई पार्टी वैकल्पिक शक्ति हुन् । यी दुई दल मिले मात्र परिवर्तन सम्भव भएकाले एकीकरणका लागि गृहकार्य भइरहेको छ । ’

दुवै पार्टीको केन्द्रीय समितिको बैठकले एकीकरणको विषय टुङ्गो लगाउने भएको छ । नयाँ शक्तिको केन्द्रीय समितिको बैठक साउन ९ र १० तथा फोरम नेपालको केन्द्रीय समितिको बैठक ११ र १२ गते बस्ने भएको छ । सोही बैठकबाट एकीकरण कहिले गर्ने विषयमा निर्णय गर्ने नेता शर्माले बताउनुभयो । आइतबार मात्र सकिएको फोरम नेपालको राजनीतिक समितिको बैठकमा पनि दुई दलबीच एकीकरणको विषयमा छलफल भएको थियो ।
एकीकरणको कुरा धेरै दिनदेखि थाती रहेको हुनाले यसलाई चाँडै टुङ्गो लगाउनुपर्ने पार्टीका अध्यक्ष उपेन्द्र यादवले बैठकमा राख्नुभएको थियो । नयाँ शक्ति नेपालबाहेक अन्य दलहरूसँग पनि एकीकरणको कुरा भइरहेको पनि बैठकमा उहाँले जानकारी दिनुभयो । राजनीतिक समितिका सदस्य विजय यादवले नयाँ शक्तिसँग धेरै पहिलादेखि एकीकरणको कुरा चलिरहेको र अब यसलाई कुनै टुङ्गो लगाउनुपर्ने बताउनुभयो ।

स्रोतका अनुसार नयाँ शक्ति नेपालका संयोजक डा. भट्टराईले फोरम नेपालका अध्यक्ष यादवलाई अध्यक्ष स्वीकार गरिसक्नुभएको छ, तर पार्टीलाई कुन प्रक्रियाबाट सञ्चालन गर्ने विषयमा छलफल भइरहेको बताइएको छ ।

प्रकाशक: नेपाली संघीय समाज प्रवास समितिहरु

कार्यकारी सम्पादक: देवेन्द्र खापुङ, संयोजकः अजम्बर काङमाङ राई, महेश चौरासिया र विश्वास दीप तिगेला,
समाचार पठाउने ठेगानाः nayaSamachar@outlook.com

Comments are closed

300x250 ad code [Inner pages]

Recent Entries

Search Archive

Search by Date
Search by Category
Search with Google
120x600 ad code [Inner pages]
Log in